

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी हालसम्म पाँच सय ५३ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीले शुक्रबार साँझ ५ः०० बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार विभिन्न आठ जिल्लाबाट पाँच सय ५३ जनाको शव फेला परेका हुन् ।

प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, चितवनमा २२२, गोरखामा ४७, तनहुँमा ३१, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ ।
बाढीबाट प्रभावित विभिन्न क्षेत्रमा उद्दार तथा खोजी कार्य जारी छ । प्रहरीले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्नुका साथै स्थानीयवासी र विभिन्न निकायको समन्वयमा बेपत्ता भएकाहरुको खोजी गरिरहेको जनाएको छ ।
बाढीका कारण अवरुद्ध भएका सडक तथा बाटो खुलाउने काम पनि भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ भदौ १२ गते शुक्रबार












