२०८३ भदौ २७ , शनिबार
Sky News Nepal
September 13, 2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली प्रदेश सरकारको दुई करोड सहयोग



सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड सहयोग गर्ने निर्णय गरेको छ ।

आज बसेको कर्णाली प्रदेश मन्त्रीपरिषद् बैठकले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको राहत उद्दार, पुर्नस्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण एबं विपद् ब्यबस्थापनका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकले कर्णाली प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयद्वारा तयार गरिएको ‘शिक्षा क्षेत्र योजना २०८३–२०९२’ स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेशको शिक्षा क्षेत्रलाई आगामी १० वर्षका लागि योजनाबद्ध रुपमा अघि बढाउन उक्त निर्णय गरिएको आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछाईले जानकारी दिए ।

उनले रसुवाको भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको दुःखद् परिस्थितिमा राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले कोषमा उक्त रकम जम्मा गरिने निर्णय गरिएको बताए ।

प्रकाशित मिति : २०८३ भदौ १६ गते मंगलबार
Translate »