२०८३ भदौ १७ , बुधबार
Sky News Nepal
September 2, 2026

भोटेकोशी विपद् : वीरेन्द्रनगर नगरपालिकाको ५१ लाख सहयोग



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका (वीनपा) ले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

वीनपाको आज बसेको  ९१ औं कार्यपालिकाको बैठकले उक्त रकम दिने निर्णय गरेको हो । वीनपाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि नगर विपद् व्यवस्थापन कोषबाट उक्त रकम सहयोग गर्न लागिएको जनाएको छ ।

वीरेन्द्रनगर नगरप्रमुख मोहनमाया ढकालले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोष मार्फत रकम जम्मा गरी बाढीबाट प्रभावित क्षेत्रको राहत उद्दार, पुर्नस्थापना तथा क्षतिग्र्रस्त संरचनाको पुनर्निर्माण एबं विपद् ब्यबस्थापनका लागि सहयोग पु¥याउने निर्णय गरिएको जानकारी दिईन् । उनले बाढीबाट भएको मानवीय तथा भौतिक क्षति प्रति गहिरो दुख व्यक्त गर्दे विपद्को घडीमा सरकारलाई हरप्रकारले सहयोग गर्न सबैमा आग्रह समेत गरिन् ।

रसुवाको भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको दुःखद् परिस्थितिमा राहत, उद्दार तथा पुनःस्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले कोषबाट उक्त रकम वीनपाले दिन लागेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २०८३ भदौ १६ गते मंगलबार
Translate »