

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगको सचिवमा सह–सचिव रामबहादुर कुरुम्वाङलाई पदस्थापना गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले कुरुम्वाङलाई आयोगको सचिवमा पदस्थापना गर्ने निर्णय गरेको हो । यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेशसभा सदस्यलाई नियमानुसार स्वकीय सचिव सुविधा उपलब्ध गराउन प्रदेश सभालाई लेखी पठाउने निर्णय पनि प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

साथै ईलाका प्रहरी कार्यालय राकम, दैलेखको अधुरो भवनका लागि १ करोड ६ लाख ५० हजार अख्तियारी माग गरेको छ । दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवद्र्धन ऐन, २०८१ को पहिलो संशोधन विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।
त्यस्तै बैठकले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्कालाई प्रदेश सरकारको प्रवक्ता तोकेको छ ।











