

वीरेन्द्रनगर । सुर्खेतको लेकवेशीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
वीरेन्द्रनगर नगरपालिका–१० बरिपाटीकी ५५ वर्षिया आशा बुढाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय लेकवेशीका अनुसार लेकवशी नगरपालिका–१० झुप्रादेखि भुतचोक तर्फ आउदै गरेको १७ वर्षिय मनोज आचार्यले चलाएको भे ६ प ४७३ नम्वरको मोटरसाइकलले पैदल यात्री बुढालाई ठक्कर दिएर गम्भीर घाइते बनाएपछि उपचारका लागि माया नर्सिङ होम हुँदै प्रदेश अस्पताल सुर्खेत पु¥याईएको थियो ।
प्रदेश अस्पतालबाट रेफर गरेर नेपालगञ्ज पु¥याईएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ भदौ २८ गते आइतबार











