कर्णाली सरकराले कोरोनाबाट ज्यान गुमाएका परिवारलाई एक लाख दियो

स्काई न्यूज / कार्तिक ६, सुर्खेत ।
कर्णाली प्रदेश सरकारले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले हालसम्म २ सय ८६ जना प्रति व्यक्तिलाई १ लाखका दरले राहत उपलब्ध गराईएको जानकारी दिएको छ । प्रदेश सरकारले गत आर्थिक वर्षमै कोरोनाबाट ज्यान गुमाएका मृत्तकका परिवारलाई १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । कोरोनाबाट मृत्यु भएका परिवारलाई हालसम्म २ करोड ८६ लाख रुपैयाँ उपलब्ध गराई सकिएको मन्त्रालयका विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायले जानकारी दिए । उनले कर्णाली प्रदेशमा हालसम्म ३ सय ८४ जनाको मृत्यु भएको तथ्यांक प्राप्त भएको बताए । उनका अनुसार शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले राकम रकम पाउन बाँकी रहेका कोरोनाबाट मृत्यु भएका परिवारले सम्बन्धित जिल्ला प्रशासनबाटै कागजातको यकिन गरी हकलावाको बैंक खातामा राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

Translate »