२०८३ भदौ ९ , मंगलबार
Sky News Nepal
August 26, 2026

नेपाली काँग्रेस सुर्खेतको सभापतिमा तीर्थजङ्ग शाहीको दावी



स्काई न्यूज /मंसिर १०, सुर्खेत । नेपाली काँग्रेसको आसन्न महाधिवेशन नजिकिँदै गर्दा नेता कार्यकर्ता माँझ राजनीति सरगर्मी बढेको छ । राजनीति माहौल तातिएसँगै सुर्खेत जिल्ला पार्टी सभापतिमा दावी गर्नेहरुको संख्या समेत दिनानुदिन बढिरहेको छ । अधिकांस जिल्ला पार्टी सभापतिका आकाँक्षी उम्मेदवारहरुले विभिन्न सञ्चार माध्यमसँगै सामाजिक सञ्जाल मार्फत आफ्नो दावी गरिरहेका छन् । ती मध्ये धेरैजसो नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का समूहका नेताहरु सभापतिको आकाँक्षी देखिएका छन् । काँग्रेस स्रोतका अनुसार विद्यार्थीकालदेखि नै पार्टीहितमा महत्वपूर्ण योगदान पु¥याउँदै आईरहेका भद्र एवं ईमानदार छविका नेता तीर्थजङ्ग शाहीको नाम पनि यति बेला निकै चर्चामा रहेको छ । पार्टीका विभिन्न भातृ संघ संगठनहरुमा महत्वपूर्ण जिम्मेवारी निभाउँदै आएका महामन्त्री खड्का निकट शाही पार्टीभित्रका धेरै नेता कार्यकर्ता माँझ रुचाईएका व्यक्तिमा पर्छन् । पार्टीले समेत उच्च मूल्यांकन गर्दै विभिन्न समयमा शाहीलाई महत्वपूर्ण जिम्मेवारी दिँदै आएको एक नेता बताउँछन् । पार्टीलाई अग्रस्थानमा पु¥याउनका लागि पनि जिल्ला पार्टी सभापति पदमा शाहीको उम्मेदवारी उपयुक्त रहेको उनको भनाइ थियो । यता शाहीले भने पार्टीको हित र आवश्यकताका लागि नेता र कार्यकर्ताले जिल्ला पार्टी सभापतिको जिम्मेवारी दिएमा आफु पछि नहटने बताए । उनले पार्टीको सर्वाधिक हितका लागि सबै पक्षसँग समन्वय, सहकार्य र एकता गर्दै अगाडि बढ्ने जिकिर गरे ।

को हो हुन त तीर्थजङ्ग शाही ?
जहानिया राणा शासनकाल ताका ज्यानको बाजी राखेर दैलेख जिल्लामा प्रजातन्त्र स्थापनाका लागि अहोरात्र खटिने सक्रिय नेता स्वर्गीय भक्तबहादुर शाहीका नाती तीर्थजङ्ग शाही युवा अवस्था देखि नेपाली काँग्रेसमा सक्रिय छन् । उनका बाजे स्वर्गीय भक्तबहादुर शाही नेपालको पहिलो आम निर्वाचिन २०१५ सालमा दैलेख जिल्ला निर्वाचन क्षेत्र नम्वर ७६ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् । स्वर्गीय बाजे भक्तबहादुर शाहीको त्याग र स्वर्गीय पिता टेकबहादुर शाहीको प्रेरणाका साथै नेपाली काँग्रेसका महामन्त्री सादगी नेता पूर्णबहादुर खड्काको मार्ग निर्देशनबाट प्रभावित तीर्थजङ्ग शाही नेपाली काँग्रेस सुर्खेतका सक्रिय युवा नेताको पहिचान बनाएका छन् । नेपाली विद्यार्थी आन्दोलनदेखि नै सक्रिय तीर्थजङ्ग शाही प्रजातन्त्र पुर्नस्थापना पश्चात शिक्षक सेवामा प्रवेश गरि २०५२ सालदेखि नेपाल शिक्षक संघ सुर्खेतको अध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षमा निर्वाचित केन्द्रीय कार्यसमितिको कार्यबाहक अध्यक्ष समेतको जिम्मेवारी सम्हालिसक्नु भएको छ । पारिवारिक पृष्ठभूमिदेखि नै नेपाली काँग्रेसमा क्रियाशील तीर्थजङ्ग शाही असल शिक्षकदेखि बहुआयामी नेताको रुपमा स्थापित छन् ।

प्रकाशित मिति : २०७८ मंसिर १० गते शुक्रबार
Translate »