सुर्खेतका मुकुन्दश्याम गिरी राप्रपाको केन्द्रीय उपाध्यक्षमा मनोनित


स्काई न्यूज/ माघ १६, सुर्खेत । सुर्खेतका चर्चित समाजसेवी मुकुन्दश्याम गिरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केम्न्द्रीय उपाध्यक्षमा मनोनित भएका छन् । राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले आइतबार पार्टी उपाध्यक्षमा मुकुन्दश्याम गिरी र हेमजंग गुरुङलाई मनोनित गरेका हुन् । अध्यक्ष लिङदेनले दुई महामन्त्री र दुई उपाध्यक्षसहित २४ पदाधिकारीको मनोनयन गरेका छन्। उनले राजेन्द्र गुरुङ र प्रल्हादप्रसाद साहलाई महामन्त्री समेत बनाएका छन् । त्यस्तै उनले प्रवक्तामा भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाललाई जिम्मेवारी दिएका छन् भने सहायक प्रवक्तामा प्रविनकुमार थोकर तामाङ, दिनेशकुमार साह, पूर्णबहादुर चन्दलाई जिम्मेवारी दिएका छन् ।

अध्यक्ष लिङ्देनले सहमहामन्त्रीमा मोहनप्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रवीन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङलाई मनोनीत गरेका छन् भने सहायक महामन्त्रीमा रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अलि र दीपककुमार राईलाई मनोनीत गरेका छन् ।


