३० वैशाखमा निर्वाचन मिति घोषणा गर्ने तयारी

माघ २४, काठमाडौं । सरकारले अगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्न आयोगसँग थप परामर्श गरेको छ । मन्त्रिपरिषद्‍को सोमबार बस्ने बैठकमा निर्णय गर्नुअघि सरकारले आयोगका पदाधिकारीहरूसँग परामर्श गरेको हो ।

सरकारले वैशाख ३० गते निर्वाचन गर्न सकिन्छ भनेर आयोगका अधिकारीलाई सोधेको थियो,’ ‘आयोगका एक पदाधिकारीले भने, ‘हामीले सक्छौं भनेर जवाफ दियौं । सायदी सरकार बाट यही निर्णय हुन्छ होला ।’

आयोगले यसअघि जेठ ४ गते स्थानीय निर्वाचन मिति प्रस्ताव गरेको थियो । सञ्चामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसअघि स्थानीय तहको पदावधि नसकिँदै निर्वाचन गर्ने बताएका थिए । (ई–कान्तिपुर)

Translate »