मुस्कान बाल उत्थानद्वारा आश्रमलाई सहयोग

स्काई न्यूज /फागुन २४, सुर्खेत ।  मुस्कान बाल उत्थान केन्द्रले वीरेन्द्रनगर स्थित मानव सेवा आश्रममा आश्रित रहेका महिला पुरुषका लागि आर्थिक सहयोग गरेको छ । केन्द्रले मंगलबार आश्रमका जिल्ला संयोजक सन्जिता गौतम मार्फत नगदा पाँच हजार रुपैयाँसहित फलफुल तथा खाद्यान्न सहयोग हो । आश्रममा रहेका बृद्धबृद्धासँगै असाहय बालबालिका एवं अपाङ्गलाई सानो सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गएिको केन्द्रका अध्यक्ष दिपकबहादुर सिंहले जानकारी दिए ।

उनले आगामी दिनमा समेत विभिन्न कारणले उपेक्षित, उत्पीडित, सीमान्तकृत, दलित विपन्न, अपाङ्ग, दृष्टिविहिन, कैदीबन्दीका बालबालिकालाई केन्द्र मार्फत सहयोग अभियानलाई निरन्तरता दिईने बताए । उनका अनुसार वीरेन्द्रनगर मुख्यालय बनाएर स्थापना गरिएको मुस्कान बाल उत्थान केन्द्र मार्फत छिट्टै कर्णाली प्रदेशभरका बालबालिकाको अधिकार रक्षा तथा संरक्षण अभियान अगाडि बढाईनेछ ।

यता आश्रमका जिल्ला संयोजक गौतमले केन्द्रको सहयोगबाट यहाँ आश्रित ७२ जनाको भोजन तथा सुखःद बसाईका लागि टेवा पुग्ने अपेक्षा व्यक्त गरिन् । उनले अन्य मनकारी दाताहरुसँग पनि आश्रममा आश्रित रहेकाहरुको जिवनयापानलाई सहज बनाउन सहयोग गरि दिन अपिल गरिन् ।

Translate »