मलामी गएका ढोलीको डुबेर मृत्यु

टेकराज भण्डारी /  अछाम । अछाममा मलामी गएका एक जनाको खोलामा डुबेर मृत्यु भएको छ ।

जिल्लाको मङ्गलसेन नगरपालिका वडा नम्बर ३  लाछिमनाका करिब २८ वर्षका मीन बहादुर ढोलीको खोलामा डुबेर मृत्यु भएको हो । बिहीबार दिउसो करिब ३ बजेतिर अस्तु सेलाउने क्रममा एक्कासि चिप्लिन गई ढोलीको मृत्यु भएको अछामका प्रहरी प्रमुख डिएसपी रविराज थपलियाले जानकारी दिए ।

मलामी गएका उनको कैलाशखोला चित्रे दोभानमा डुबेकै ठाउँबाट स्थानीयले शव निकालेका प्रहरीले जनाएको छ ।

डुबेको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली गई घटनाबारे जानकारी लिएको जिल्ला प्रहरी प्रमुख डिएसपी थपलियाले जानकारी दिए।

Translate »