२०८३ कात्तिक २४ , सोमबार
Sky News Nepal
November 9, 2026

पल शाहविरुद्धको अनुसन्धान सकियो, फाइल सरकारी वकिलसमक्ष



चैत  ७ , काठमाडौं । नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले अभिनेता पल शाहविरुद्धको अनुसन्धान सकेको छ ।

अनुसन्धान सकेपछि रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।

प्रहरीले २१ दिन लामो अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन पेश गरेको हो । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पनि शाहविरुद्ध गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिसकेको छ । (अनलाइन खबर)

प्रकाशित मिति : २०७८ चैत ७ गते सोमबार
Translate »