२०८३ कात्तिक २४ , सोमबार
Sky News Nepal
November 9, 2026

जीवन ज्योति मावि चौकुने विव्यसको अध्यक्षमा रामलाल बयक



स्काई न्यूज/ चैत १८, सुर्खेत । पश्चिम सुर्खेतको चर्चित जीवन ज्योति माध्यमिक विद्यालय गुटुको अध्यक्षमा रामलाल बयक निर्वाचित भएका छन् । जिल्लाको पुरानो विद्यालय मध्येको एक जीवन ज्योति माबि चौकुने गाउँपालिका–६, गुटुको विहीबार भएको अभिभावक भेलाले रामलाल बयकलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

भेलाले अध्यक्ष बयकसहित ११ सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समिति निर्वाचित गरेको छ । भेलाले विव्यसको सदस्यमा देवबहादुर थापा, गजराज बयक, पशुविना देवकोटा, दिपक बयक, तुलबहादुर नेपाली, दुर्गाकुमारी पौडेल घिमिरे तथा स्रोतव्यक्ति भानुभक्त घिमिरे, सदस्य सचिव प्रधानाध्यापक ओमबहादुर दर्लामीलाई निर्वाचित गरेको हो ।

समितिमा एक जना वडा प्रतिनिधि र शिक्षिक प्रतिनिधि अर्को बैठकबाट चयन गरिने निर्णय भएको विद्यालयका प्रअ दर्लामीले बताए । उनले नयाँ विव्यसबाट गुणस्तरीय शिक्षालाई प्रभावकारी बनाउन टेवा पुग्ने अपेक्षा अभिभावकबाट राखिएको जिकिर गरे । विद्यालयको गौरवशाली ईतिहासलाई बचाई राख्न अब स्थानीय सरकार, जग्गादाता, अभिभावक, शिक्षक र विद्यार्थीसँग रचनात्मक सहयोगको समेत अपेक्षा राखिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २०७८ चैत १८ गते शुक्रबार
Translate »