

चैत ३०, काठमाडौं । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ ।
नेकपा एमाले स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशील कुमार श्रेष्ठले हस्ताक्षर गरेको सहमति पत्रमा राप्रपा नेपालले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

देशभर सम्भव भएका पालिकामा तालमेल गरी उम्मेदवार उठाउने, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नभएका पालिकामा एमालेलाई सघाउने, एमालेका उम्मेदवार नभएका स्थानमा राप्रपा नेपाललाई सघाउने सहमति भएको उल्लेख छ ।
दुवै पार्टीका जिल्ला कमिटीहरूले आपसमा छलफल गरी केन्द्रिय तहको अनुमतिबाट सहमति कार्यान्वयन गर्ने गरी सहमति भएको बताईएको छ । रेडियो. नेपाल

प्रकाशित मिति : २०७८ चैत ३० गते बुधबार











