२०८३ कात्तिक २४ , सोमबार
Sky News Nepal
November 9, 2026

वडाध्यक्ष नै चोरीको मोटरसाइकलमा



ज्योतीखर शर्मा / बैशाख, ५ जाजरकोट ।  जाजरकोटको नलगाड नगरपालिकाका १ नम्वर वडाध्यक्ष हिरालाल पुनले चोरीको मोटरसाइकल प्रयोग गर्दै आईरहेका छन् । उनले चढ्ने लु ५९ प ०२१७ नम्बरको मोटरसाइकल अबैध चोरीको भएको प्रहरी स्रोतले बताएको छ । वडाध्यक्ष पुनले लामो समयदेखि प्रयोग गर्दै आएको मोटरसाइकल गोर्खा जिल्लाको रहेको पाईएको छ । चोरीको उक्त मोटरसाइकल गिरोहले जाजरकोट ल्याएर वडाध्यक्ष पुनलाई चढ्न दिएको अनुसन्धानबाट खुल्न आएको छ ।

जाजरकोट प्रहरीले यस बारे थप अनुसन्धान भईरहेको बताएको छ । यातायात कार्यालयबाट आवश्यक कागजात पत्ता लगाएर कस्को नामको हो भन्ने बारेको थप अनुसन्धान भईरहेको डीएसपी सन्तोस निरौंलाले हाम्रा जाजरकोट सहकर्मी बद्री पन्तलाई बताए ।

वडाध्यक्ष पुनले यसअघि प्रयोग गर्दै आएको वडाको सरकारी मोटरसाइकल कहाँ फाले भन्ने कसैलाई जानकारी नरहेको नगरपालिका स्रोतले बताएको छ । वडाध्यक्ष जस्तो व्यक्ति नै गलत कार्यमा संलग्न छन भने अरुले झन के गर्लान ? भन्ने आम सर्वसाधारण नागरिकले चिन्ता जाहिर गरेका छन् । उनी २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओबादी केन्द्रबाट वडाध्यक्ष बनेका हुन ।

प्रकाशित मिति : २०७९ वैशाख ५ गते सोमबार
Translate »