२०८३ कात्तिक २४ , सोमबार
Sky News Nepal
November 9, 2026

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा कर्मचारी आवश्यकता

प्लान्ट प्याथोलोजिस्ट कन्सलटेन्टदेखि अफिस हेल्परसम्म


वैशाख २६, काठमाडौ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । समितिले प्लान्ट प्याथोलोजिस्ट कन्सलटेन्ट १ जना, सिभिल इञ्जिनियरिङ कन्सलटेन्ट १ जना, सिनियर फाईनान्सियल म्यानेजमेन्ट एन्ड पब्लिक रिलेसन कन्सलटेन्ट १ जना, सिनियर एडमिनिस्ट्रेटिभ कन्सलटेन्ट १ जना, सिक्रेटेरियल असिस्टेन्ट १ जना र अफिस हेल्पर १ जना गरि जम्मा ६ जना माग गरेको हो । समितिले परामर्श सेवा तथा सेवा करार आवश्यक भएकोले सेवा उपलब्ध गराउन ईच्छुक व्यक्ति तथा फर्महरुलाई सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र समितिको ईमेल ठेगानामा वा समितिको कार्यालय सैबु, ललितपुरमा आवेदन बुझाउन आव्हान गरेको छ ।

प्रकाशित मिति : २०७९ वैशाख २६ गते सोमबार
Translate »