पाण्डेविरुद्ध यौन दुर्व्यवहारको किटानी जाहेरी दर्ता

 जेठ ८, काठमाडौं । मोडल ग्लोबल भिसा कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरुद्ध यौन दुर्व्यवहारको किटानी जाहेरी दर्ता भएको छ ।

सौन्दर्य प्रतियोगिताकी एक प्रतिस्पर्धीले ८ वर्ष अघि पाण्डेले आफूलाई जबरजस्ती करण गरेको बताएपछि पाण्डे शनिबार पक्राउ गरेका थिए । पाण्डे पक्राउ परेको भोलिपल्ट आइतबार एक किशोरी उपत्यका प्रहरी अनुसन्धान कार्यालयको सम्पर्कमा पुगिन् ।

पाण्डेले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै निवेदन दिएपछि बालबालिकासम्बन्धी ऐनको दफा ६६ अनुसार किटानी जाहेरी दर्ता गरेको एसएसपी सुदिप गिरीले जानकारी दिए ।

Translate »