कर्णाली प्रदेश प्रमुखद्वारा विधेयक प्रमाणीकरण


स्काई न्यूज/ जेठ ११, सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ लाई संसोधन गर्न बनेको विधेयक’ लाई प्रमाणीकरण गरेका छन् । प्रदेश सभाको दशौं अधिवेशनको तेस्रो बैठकले पारित गरेको उक्त विधेयकलाई बुधबार प्रदेश प्रमुख परियारले प्रमाणीकरण गरेका हुन् ।


नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरिएको हो । विधेयक प्रमाणीकरण भएसँगै आर्थिक पारदर्शिता आउनुका साथै कारोवार फस्यौट सहजता आउने अपेक्षा राखिएको छ ।


