२०८३ कात्तिक २४ , सोमबार
Sky News Nepal
November 9, 2026

वनमा लागेको आगो निभाउने क्रममा एकको मृत्यु



सल्यान । वनमा लागेको आगो निभाउने क्रममा सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिद्ध कुमाख गाउँपालिका ३ डाडाँकटेरीका अन्दाजी ५७ वर्षीय दल बहादुर बुढाथोकीको आगो निभाउने क्रममा मृत्यु भएको हो ।

दुबेरीचौर सामुदायिक वन र हलुवारे सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा आगोको लप्कोले जलेर उनको मृत्यु भएको सिद्ध कुमाख गाउँपालिका ३ का वडाध्यक्ष जीवराज बोहोराले जानकारी दिए ।

उनका अनुसार बुढाथोकी खोटोको काम गर्ने भएका कारणले खोटोको बाकस बचाउने क्रममा शनिबार दिउँसो आगोमा परी मृत्यु भएको हो ।  (रेडियो नेपाल)

प्रकाशित मिति : २०७९ असार ४ गते शनिबार
Translate »