जन्मदिनमा खाद्यन्न सहयोग

स्काई न्यूज असार ५, सुर्खेत । कान्तिपुरकर्मी पत्रकार ज्योति कटुवालले आफ्नो जन्मोत्सवको अवसरमा बादी सरोकार मञ्च नेपालद्धारा सञ्चालित बादी आवासगृहका बालबालिकसंग मनाएकी छिन ।

जन्मदिनको अवसरमा उनले सुर्खेतको खजुरास्थित रहेका बादी बालबालिकालाई १० हजार बराबरको खाद्यान्न र २ हजार १ सय अक्षयकोषको लागी सहयोग गरेकी हुन ।

उक्त होस्टेलमा कार्णाली र सुदुरपश्चिमका ९२ जना बालबालिका अध्ययनतर छन । बादी समुदायका बालबालिकालाई मात्रै लक्षित गरी सञ्चालन गरिएको होस्टलमा आर्थिक अभाव भैरहदा कुनैपनि सरकारी निकायले सहयोग नगरेको सञ्चालक हिक्मत बादी बताउछन ।

Translate »