२०८३ कात्तिक २४ , सोमबार
Sky News Nepal
November 9, 2026

रवि लामिछानेले गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा



काठमाडौँ — पत्रकारिताबाट राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका रवि लामिछानेले अहिले भएका कुनै पनि राजनीतिक दलमा प्रवेश नगर्ने बताएका छन् ।

मंगलबार राष्ट्रिय सभा गृहमा आयोजिक एक कार्यक्रममा उनले नयाँ दल निर्माणको घोषणा गरेका हुन् । लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्माणको समेत घोषणा गरेका छन् ।

लामिछानेले भनेका छन्, ‘अहिले दर्ता भएका कुनै पनि दलमा राजनीतिक दलभित्र राम्रा मान्छे नभएका होइनन् । प्रत्येक दलमा राम्रा मान्छे छन् तिनीहरूको सम्मान गर्नुपर्छ ।’ (इकान्तिपुर )

प्रकाशित मिति : २०७९ असार ७ गते मंगलबार
Translate »