सुर्खेतमा सुख्खा पहिरोमा पुरिएर महिलाको मृत्यु

स्काई न्यूज/ असार २१, सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका लामागडाको डुब्रिखोलामा आज विहान आएको सुख्खा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । पहिरोमा पुरिएर अछामको तुर्माखाद गाउँपालिका–६, रानीवनका ७८ वर्षीया अमृता जैशीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बाबियाचौरले जनाएको छ ।

अछामदेखि कैलाली पैदल जानेक्रममा पञ्चपुरी नगरपालिका–७, डुब्रिखोलाको लामागडा नजिकै गएको सुख्खा पहिरोमा परी अछामकै तुर्माखाद गाउँपालिका–६, रानीवनका ७२ वर्षीय रति कामी गम्भिर घाइते भएको ईप्रका बाबियाचौरका प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए ।

उनले पहिरोमा पुरिएका मृत्तकको उद्दार गर्नुका साथै निधार र हातमा चोट लागेर गम्भीर घाइते भएका कामीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको बताए । उनका अनुसार अछामको तुर्माखाद प्रहरी, छाप्रे प्रहरी र बाबियाचौर ईप्रकासँगै स्थानीय बासिन्दाको सहयोगमा मृत्तक र घाईतको उद्दार गरिएको हो ।

 

Translate »