संघ र प्रदेशको चुनाव मंसिर २ गते गर्न आयोगको सिफारिस

असार २२, काठमाडौं । निर्वाचन आयोगले संघ र प्रदेशको निर्वाचन मिति सरकारलाई सिफारिस गरेको छ । आयोगको बैठकले आगामी मंसिर २ गते संघ र प्रदेशको निर्वाचन मिति सरकारलाई सिफारिस गरेको हो । संघ र प्रदेशको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने तयारी आयोगको रहेको आयुक्त रामप्रसाद भण्डारीले अन्नपूर्णलाई जानकारी दिए।

‘हामीले निर्वाचनको मिति सरकारलाई सिफारिस गरेका छौं । निर्वाचन मिति घोषणा भएपछि आयोगले थप काम अगाडि बढाउँछ,’ उनले भने।

आगामी निर्वाचनलाई लक्षित गरेर असार १ गतेदेखि मतदाता नामावली संकलन थालिएको छ ।

 

Translate »