२०८३ कात्तिक २४ , सोमबार
Sky News Nepal
November 9, 2026

दैलेखमा पानी ट्यांकीमा डुबेर २ बालबालिकाको मृत्यु



स्काई न्यूज / साउन ३, दैलख । दैलेखमा खानेपानीको ट्याङ्कीमा डुबेर २ बालबालिकाको मृत्यु भएको छ । दुल्लु नगरपालिका–३ सियालाका बखत महतका १२ वर्षका छोरा दिनेश महत र ९ वर्षीया छोरी अनीता महतको सोमबार मृत्यु भएको हो ।

कोटाछाल दुल्लु लिप्टिङ खानेपानीको ट्याङ्कीमा डुबेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर शाहले जानकारी दिए ।

उनीहरूको मृत्युबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ  ।

प्रकाशित मिति : २०७९ साउन ३ गते मंगलबार
Translate »