ब्राउन सुगरसहित तीन जना पक्राउ


स्काई न्यूज /साउन ३१, सुर्खेत । प्रहरीले प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । सुर्खेतको वीरेन्द्रनगर–१०, दीपनगर लालिगुराँस टोलबाट लागु औषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले वीरेन्द्रनगर–४ निवासी ३३ वर्षिय कृष्ण सुनचरीलाई ४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

प्रहरीले नेपालगञ्जको जमुनाहा नाकाबाट समेत प्रतिबन्धित लागु औषधसहित नेपालगञ्ज उपमहानगरपालिका–१३, का प्रमोद सिंह ठाकुर र विकाससिंह ठाकुरलाई ५ ग्राम ५ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको जमुनाहा प्रहरीका इन्चार्ज माधव रिजालले बताए । रुपईडिहाबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे ८ प १७५३ नम्वरको मोटरसाइकल चेकजाँच गर्नेक्रममा प्रमोदले हातमा मुठ्ठी पारेको अवस्थामा ब्राउनसुगर बरामद भएको हो ।
पक्राउ परेका तीनै जनालाई थप कारवाहीका लागि अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

