२०८३ कात्तिक २४ , सोमबार
Sky News Nepal
November 9, 2026

यस वर्षको मदन पुरस्कार डा. लम्साललाई



भदौ ११, काठमाडौँ । यस वर्षको मदन पुरस्कार ‘अग्नि’ महाकाव्यका लेखक डा. नवराज लम्साललाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले गुठीको साधारण सभाबाट लम्सालद्वारा लिखित ‘अग्नि’ लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय भएको जानकारी दिए । यसैगरी, यस वर्षको जगदम्बा–श्री पुरस्कार बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको दीक्षितले बताए ।
समान चार लाख रुपियाँ राशिका पुरस्कारहरू घटस्थापनाको दिन प्रदान गरिनेछ। डा. लम्साल वरिष्ठ साहित्यकार एवम् रेडियो नेपालका निर्देशक तथा कार्यक्रम महाशाखा प्रमुख हुन् । लम्सालका कर्ण, धरा र अग्नि ३ महाकाव्य सहित ८ पुस्तक प्रकाशित छन् । सुदूर पश्चिम साहित्य समाजले ‘अग्नि’लाई १,११,१११ सहित २०७८ को पुरस्कार यसअघि नै घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : २०७९ भदौ ११ गते शनिबार
Translate »