लागू औषधसहित एक जना प्रक्राउ


स्काई न्यूज / भदौ २८, सुर्खेत । प्रहरीले लागू औषधसहित एक जनालाई प्रक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका –१० तिन कुने बाट लागू औषधसहित प्रहरीले गोप्य सुचनाको आधारमा जिप्रका सुर्खेत र विसु गार्ड सुर्खेतबाट खटिएका संयुक्त प्रहरी टोलीले वीनपा–१० बस्ने ३४ बर्षीय भरत बिकलाई सोमबार साझ पक्राउ गरेको हो ।

प्रहरीले प्लाष्टिक सहित ९० (नब्बे ) मिलिग्राम र प्लाष्टिक बाहेक शुद्ध ७० (सत्तरी ) मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेलापारी बरामद गरी उनलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको (प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

