भट्टराई सेवा समाज सुर्खेतको अध्यक्षमा रेशमप्रसाद भट्टराई


स्काई न्यूज /असोज १६, सुर्खेत । भट्टराई सेवा समाज सुर्खेतको अध्यक्षमा रेशमप्रसाद भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् । भट्टराई सेवा समाज सुर्खेतको शनिबार वीरेन्द्रनगरमा सम्पन्न सातौ वार्षिक सभाले रेशमप्रसाद भट्टराई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । समाजको उपाध्यक्षमा नवीन भट्टराई, सचिव खगेन्द्रप्रसाद शर्मा, कोषाध्यक्ष सुनिता चपाई तथा सदस्यमा भक्तिराम भट्टराई र दुर्गाप्रसाद भट्टराईलाई निर्वाचत भएको समाजका सल्लाहकार खगेन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।
नवनिर्वाचित कार्यसमितिलाई वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख निलकण्ठ खनालले बधाईसँगै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । सभामा वीरेन्द्रनगर नगरपालिका ११, का वडाध्यक्ष खिमलाल देवकोटा, भट्टराई कुलवंश प्रतिष्ठान केन्द्रीय सदस्य शुवर्णकुमार भट्टराई, भट्टराई कुलवंश प्रतिष्ठान कर्णाली प्रदेश समितिका अध्यक्ष काँशीराम भट्टराई, चर्चित समाजसेवी तथा समाजका सल्लाहकार शिवप्रसाद उपाध्याय लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाईसँगै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

सल्लाहकार उपाध्यायले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर स्थित रत्न राजमार्गको उत्तरतर्फ सेडा स्कूल नजिक रहेको मष्टशिवालय मन्दिरमा २०७३ सालदेखि अखण्ड दिप प्रजोलित भई रहेको जनाए । ‘प्राकृतिरुपमा दैलेखमा ज्वाला वलिरहेका छन् भने कृतिमरुपमा जुम्लाको चन्दननाथ मन्दिर पछि सुर्खेत स्थित मष्टशिवालयमा निरन्तर दिप प्रजोलन भई रहेको छन् ,’ उनले भने, ‘भट्टराई कुलको मात्र नभई सम्पूर्ण मष्ट देवता पूजा गर्ने सबैलाई पूजाआजा तथा दर्शनका लागि खुला रहेकाले सबैले लाभ उठाउन आव्हान गर्छु ।’

उनले भट्टराई परिवारका हरेक सन्ततिलाई सामाजिक संस्कार सिकाई सामाजिक कार्यमा सहभागिता बढाउनुका साथै मष्टाकुल मन्दिर मात्र नभई समग्र कर्णालीबासीको धार्मिक क्षेत्रको रुपमा विकास गर्न आवश्यक रहेको औल्याए । भट्टराई कुलवंश प्रतिष्ठान कर्णाली प्रदेश समितिका अध्यक्ष काँशीराम भट्टराईले भट्टराई परिवार सामनजिक कार्यमा एकताबद्ध हुँदै समाजमा उदारणिय परिवार बन्न अहिलेको आवश्यकता रहेको बताए ।

उनले घरभित्रबाटै आफ्ना सन्ततिहरुलाई कुल देवता बशिष्ठ ऋषी कुल पूजा सम्वन्धी विधि तथा धामी, धनवन्तरीका बारेका जानकारी गराउँदै सकरात्मक सोचको विकास फैलाउन आव्हान गरे । ‘भट्टराई परिवारको इतिहास हेर्दै जाँदा जुम्लाृको सिजा क्षेत्र प्रमुख स्थल भएको सो क्षेत्रमा शिलालेख ताम्रापत्र भोजपत्रमा १३२० भन्दा पहिला नै भट्टराई बसोवास गरेको थुप्रै प्रमाणहरु छन्,’ उनले भने ।
हालै दैलेख, जाजरकोट सल्यान जुम्मलामा बसोवास गर्ने केही परिवारको नामावली २०७९ सालमा प्रकाशित वंशावलीमा समावेश भएको छ भने वंशावलीमा नामावली समावेश नभएकाको नामावली तयार गरी वंश नम्बरको लागि केन्दमा पठाउने तयारी गरिएको उनको भनाइ थियो ।


