२०८३ कात्तिक २४ , सोमबार
Sky News Nepal
November 9, 2026

कर्णाली प्रदेशका ४ जिल्ला विपत् संकटग्रस्त क्षेत्र घोषणा



असोज २८, सुर्खेत । सरकारले कर्णाली प्रदेशका ४ जिल्ला विपत् संकटग्रस्त क्षेत्र घोषणा  गरेको छ ।  प्रदेशका जुम्ला, हुम्ला, मुगु र कालीकोटका विपत् प्रभावित स्थानीय तहका भौगोलिक क्षेत्रलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो। शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यी क्षेत्र विपत् संकटग्रस्त क्षेत्र घोषणा भएको जानकारी दिए।

विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कार्यलाई थप प्रभावकारी बनाई सम्भावित जोखिमबाट हुने क्षति न्यूनीकरण गरी थप जनधनको नोक्सानी हुन नदिन सरकारले यी क्षेत्रलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको बताए ।

प्रकाशित मिति : २०७९ असोज २८ गते शुक्रबार
Translate »