२०८३ कात्तिक २४ , सोमबार
Sky News Nepal
November 9, 2026

विमान दुर्घटनाप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा त्रासदीपूर्ण दुर्घटनामा परेको खबरलले अत्यन्त दुःखी भएको बताएका छन्। उनले दुर्घटनामा ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । अध्यक्ष ओलीले दुर्घटनाको प्रभावकारी उद्दारका लागि सरकारसँग आग्रह गरेका छन् ।
।

 

प्रकाशित मिति : २०७९ माघ १ गते आइतबार
Translate »