२०८३ कात्तिक २४ , सोमबार
Sky News Nepal
November 9, 2026

कर्णाली नदीमा डुबेर एक जनाको मृत्यु



फागुन २१, सुर्खेत । कर्णाली नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुगु छायानाथ रारा नगरपालिका–१३ रुगाका ४६ वर्षीय मान बहादुर लावड रहेका छन् । उनी कर्णाली नदीमा बालुवा लिन गएका थिए । त्यही अवस्थामा पानी खान जाने क्रममा चिप्लिएर नदीमा डुबेको प्रहरीले जनाएको छ । नदीमा डुबेको अवस्थामा स्थानीयले उद्दार गरेका थिए भने उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको मुगु प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०७९ फागुन २१ गते आइतबार
Translate »