समस्याग्रस्त अर्थतन्त्रलाई झारफुृक होइन, शल्यक्रिया गर्नुपर्छ : पूर्वप्रधानमन्त्री डा.भट्टराई

स्काई न्यूज /चैत ११, सुर्खेत । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले परम्परागत कमजोर निर्वाहमुखि कृषि प्रणालीमा आधारित अर्थतन्त्र औद्योगिकरणमा रुपान्तरण हुन नसक्दा देशमा गम्भिर खालका आर्थिक संकटहरु देखा पर्न लागेको बताएका छन् । नेपाल समाज पार्टी कर्णाली प्रदेशले आयोजना गरेको पार्टी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा सहभागि हुन शनिबार सुर्खेतको वीरेन्द्रनगर आईपुगेका अध्यक्ष भट्टराईले भित्रैदेखि दिर्घरोग लागेको नेपाली अर्थतन्त्रको संरचनात्मक समस्यालाई झारफुक होइन, शल्यक्रिया नै गर्नुपर्ने समय आएको बताए ।

देशको क्यान्सरग्रस्त अर्थतन्त्रलाई धामीझाक्रीले निको पार्न नसक्ने भन्दै उनले शल्यक्रियाबाटै तत्काल उपचार खोज्न आवश्यक रहेको औल्याए । उनले औद्योगिक अर्थतन्त्रको विकास नहुँदा ग्रामीण युवाहरु बेरोजगार भएर लाखौंको संख्यामा विदेश पलायन भईरहेको भन्दै कछुवा गतिले सर्पझै घर्सिएर नहुँने भन्दै भ्यागुस्ता जस्तो उफ्रिने उन्नान् भ¥याङ्ग चाहिएको जिकिर गरे । उनका अनुसार अहिले देखापरेका लघुवित्त, सहकारी, मिटर व्याजी, प्यापार घाटा, बेरोजगारी, शिक्षा–स्वास्थ्य डामाडोल जस्ता समस्या अर्थतन्त्र रुपान्तरण हुन नसक्दा उत्पन्न भएका हुन् ।

उनले तत्काल अर्थतन्त्र सुधारका लागि सरकारले एउटा उच्च स्तरीय आर्थिक समस्या समाधानमा समिति गठन गरेर योजनावद्ध तरिकाले जुट्नु पर्नेमा जोड दिए । देशमा तत्काल देखा परेका बेरोजगारी, कुशासन, भ्रष्ट्राचार, अनियमियतता जस्ता समस्यामा केन्द्रित भएर सरकार पाँच वर्षसम्म स्थिर रहने उनको दावी थियो । पत्रकारहरुले सोधेको एक फरक प्रश्नको उत्तर दिँदै डा. भट्टराईले नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीवीच तत्काल एकीकरण तथा मर्ज हुने नभएपनि दुबै पार्टी मिलेर अन्य समाजवादी एवं कम्युनिष्टधारका पार्टीहरुलाई एक ठाउँमा ल्याएर नयाँ पार्टी निर्माणको सम्भावना कायमै रहेको जानकारी दिए ।

Translate »