२०८३ कात्तिक २३ , आइतबार
Sky News Nepal
November 8, 2026

मोदीलाई फिर्ता बोलाउने माओवादीको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले आज बसेको बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिए ।

माओवादी केन्द्रले जनमत पार्टीलाई सरकारमा सहभागी गराउन सो निर्णय गरेको हो । यता जनमतले अनिता देवीलाई सरकारमा पठाउने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : २०८० साउन २८ गते आइतबार
Translate »