२०८३ कात्तिक २३ , आइतबार
Sky News Nepal
November 8, 2026

नेपालको लगातार तेस्रो जित, भुटान तीन विकेटले पराजित



काठमाडौं । मलेसियामा जारी आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत एसियाली छनोटको तेस्रो खेलमा नेपालले लगातार तेस्रो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा भुटानलाइ तीन विकेटले हराउदै नेपालले प्रतियोगीतामा लगातार तेस्रो जित निकालेको हो ।

युकेएम वाइएसडी क्रिकेट मैदानमा टस हारेर ब्याटीङ गरेको भुटानले नेपाललाइ ४० रनको लक्ष्य प्रस्तुत गरेको थियो । भुटान निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ३९ रनमा समेटियो ।

नेपालका लागि बलिङमा पुजा महतोले ३ विकेट लिइन् । ४० रनको समान्य लक्ष्य सहित जवाफी ब्याटिङ गरेको नेपालले १३ ओभरमा ७ विकेटको क्षतिमा पाएको लक्ष्य पुरा गर्‍यो । कप्तान रुविना क्षेत्रीले १२ रन बनाइन् । यो जित सगै नेपालको सेमिफाइनल यात्रा बलियो बनेको छ ।

नेपालले पहिलो खेलमा मलेसियालाइ ५ रनले पराजित गर्दा दोस्रो खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको थियो । अव नेपालले भोलि कतारसँग र बुधबार युएइसँग खेल्नेछ ।

प्रकाशित मिति : २०८० भदौ १७ गते आइतबार
Translate »