२०८३ कात्तिक ९ , आइतबार
Sky News Nepal
October 25, 2026

कर्णाली करिडोरमा ढुङ्गा लागेर मजदुरको मृत्यु



मुगु । कर्णाली करिडोरअन्तर्गत छारे–लेप्च्या खण्डमा सडकको काम गर्ने क्रममा माथिबाट ढुङ्गा खसेर लाग्दा एक मजदुरको मृत्यु भएको छ ।

सर्केगाड गाउँपालिका–२ स्थित लेप्च्याको सडक निर्माण गर्ने क्रममा मुगुको सोरू गाउँपालिका–५ सोरुकोट धुपीका अन्दाजी ४९ वर्षका मनसिंह बुढाको ढुङ्गाले लागेर मृत्यु भएको हो।

सोमबार लोप्च्या सडक खण्डको कडा चट्टान फोर्ने क्रममा खसेको ढुङ्गा लागेर बुढा करिब ५० मिटर तल खसेका जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । भिरबाट खसेर गम्भीर घाइते भएका बुढाको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : २०८० पुस ९ गते सोमबार
Translate »