आज चैत ९ गते शुक्रबारको राशिफल

राशिफल :– तपाईको आजको दिन कस्तो रहनेछ ?

मेष – दिन राम्रो छ । धार्मिक कार्यमा मन जानेछ । लगानीका क्षेत्रमा फाइदा हुनेछ । शिक्षामा सफलता प्राप्त होला । सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। परिवारमा खुशी मिल्ने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । जागिरमा बढुवा हुने योग छ ।

वृष – समय राम्रो छ । साथी र बन्धुको साथ मिल्नेछ । ठुलो काममा लगानी गर्नुपर्ने दिन छ । शिक्षामा सफलता मिल्नेछ । सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन – दिन राम्रो छ । धन परोपकारमा खर्च गर्ने अवसर मिल्नेछ । व्यापारमा फाइदा हुनेछ । स्वदेशमा भन्दा विदेशमा गरेको लगानी राम्रो हुनेछ । परिवारले साथ दिनेछन् । शिक्षा र राजनीतिको क्षेत्रमा भने सचेत भएर लाग्नुपर्ने दिन छ ।

कर्कट – समय राम्रो छ । धनलक्ष्मी योग परेको छ । काम गर्दा हल्ला कम गर्नु राम्रो होला । लगानीका क्षेत्र भने अब्बल छन् । यात्रामा जोखिम छ । पश्चिमको यात्रा गर्दै नगर्नु राम्रो हुन्छ । परिवारमा विश्वासको अभाव देखिन्छ ।

सिंह – दिन राम्रो छ । शिक्षा क्षेत्रको लगानीमा फाइदा हुनेछ । स्वास्थ्यमा सुधारका संकेत देखिने छन् । परिवारमा भने विश्वासको संकट हुनसक्छ । भगवानको नाम लिएर कामको सुरुवात गर्नुपर्ने दिन छ ।

कन्या – दैनिकी राम्रो छ । हरेक क्षेत्र अब्बल छन् । शिक्षामा फाइदा हुनेछ । सामाजिक क्षेत्रमा प्रशंसा हुनेछ । गुरुबाट हुने सहयोग उपलब्ध नहुने जोखिम देखिन्छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

तुला – समय राम्रो छ । तपाईको बोलीमा धेरै मानिस प्रभावित हुनेछन् । लगानी गर्ने भए धेरै बाटा खुलेका छन् । शिक्षामा प्रगति हुनेछ । सामाजिक क्षेत्रमा सम्मान प्राप्त होला । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक – दिन सामान्य छ । आफूभन्दा ठुलाले असहयोग गर्ने जोखिम हुन्छ । शिक्षाको लगानीबाट उन्नति हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । सामाजिक क्षेत्रमा हात नलगाएकै राम्रो हुन्छ ।

धनु– दिन राम्रो छ । सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ । तपाईंले लगानी गरेका क्षेत्रमध्ये शिक्षामा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधारका संकेत देखिएका छन् ।

मकर– दिन सामान्य छ । कुरा काट्ने सक्रिय छन् । सामाजिक क्षेत्रमा दोष लगाउनेहरु सक्रिय छन् । अपरिचित व्यक्तिको साथ र सहयोग रहनेछ । परिवारको मायाले काम गर्ने परिस्थिति बन्नेछ ।

कुम्भ– शुभ समाचार सुन्न पाइने छ । मनमा उत्साह बढ्नेछ । इष्ट मित्रहरु दाहिना छन् । तपाईको लगानीबाट फाइदा हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मीन– दिन सामान्य छ । सामान हराउने जोखिम देखिन्छ । धर्मकर्ममा मन जानेछ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सामान्य ढंगले अगाडि बढ्नेछ । मन चञ्चल भएकाले धेरै विचार खेल्ने समय छ ।

Translate »