२०८३ कात्तिक ९ , आइतबार
Sky News Nepal
October 25, 2026

१९ देशका लागि राजदूत सिफारिस



 

काठमाडौं । सरकारले विभिन्न १९ देशका लागि राजदूत सिफारिस गरेको छ ।  सोमबार बसेको मन्त्रिरिषद् बैठकले  ५ देशका राजदूतलाई फिर्ता बोलाउने र  १९ देशका लागि नयाँ राजदूत सिफारिस गर्ने निर्णय गरेको   हो ।

भारतमा शंकर शर्मालाई नै निरन्तरता दिएको छ । पुष्पकमल दाहाल नेतृत्वको सरकारले शर्मालाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।  कांग्रेस-एमाले नेतृत्वको सरकार बनेपछि शर्माले निरन्तरता पाएका हुन् ।

सरकारले भारत– शंकर शर्मा, अमेरिका– लोकदर्शन रेग्मी, चीन– कृष्णप्रसाद ओली,  बेलायत– चन्द्रप्रसाद घिमिरे, जर्मनी– शैल रुपाखेती, साउदी अरब– नरेशविक्रम ढकाल, इजरायल– धनप्रसाद पण्डित, दक्षिण अफ्रिका– कपिलमान श्रेष्ठ, दक्षिण कोरिया– शिवमाया तुम्बाहाङ्फे, पोर्चुगल– प्रकाशमणि पौडेल, पाकिस्तान– रिता धिताल, अस्ट्रेलिया– कान्ता रिजाल, स्पेन- सनिल नेपाल, मलेसिया – नेत्रप्रसाद तिमिल्सिना र श्रीलंका- रामकृष्ण भट्टराईलाई  राजदूतमा सिफारिस गरेको हो ।

 

प्रकाशित मिति : २०८१ साउन १५ गते मंगलबार
Translate »