साउनमा कुन विकास बैंकले कति कमाए, कुनले कति गुमाए ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महीनामा ११ विकास बैंक नाफामा छन् भने ६ ओटा घाटामा छन् ।

नेपाल राष्ट्र बैंककोे तथ्यांक अनुसार गत साउनमा मितेरी डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंक घाटामा छन् ।

यस्तै, ११ विकास बैंक भने नाफामा रहेको राष्ट्र बैंकले जनाएको छ । नाफामा रहेका बैंकहरूमध्ये शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा सबैभन्दा बढी छ । यस बैंकले साउनमा रू. २० करोड २० लाख नाफा कमाएको छ ।

साउनमा सर्वाधिक नाफा कमाउने विकास बैंकको सूचीमा दोस्रोमा मुक्तिनाथ विकास बैंक छ । बैंकले रू. १६ करोड ९६ लाख नाफा कमाएको छ ।

त्यस्तै महालक्ष्मी विकास बैंकले रू. १० करोड ५७ लाख, गरिमा विकास बैंकले रू. ९ करोड ४६ लाख र कामना सेवा विकास बैंकले रू. ८ करोड ५८ लाख नाफा कमाएको छ ।

घाटामा रहेका बैंकहरूमध्ये एक्सेल डेभलपमेन्ट बैंकले सबैभन्दा बढी रू. ६ करोड ३७ लाख घाटा व्यहोरेको छ । त्यस्तै ग्रीन डेभलपमेन्ट बैंकले रू. ८६ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकले रू. ५४ लाख, नारायणी डेभलपमेन्ट बैंकले रू. ५१ लाख, कर्णाली डेभलपमेन्ट बैंकले रू. ४८ लाख र मितेरी डेभलपमेन्ट बैंकले रू. २२ लाख घाटा व्यहोरेका छन् ।

कुन बैंकको नाफा/घाटा कति ?

Translate »