चौहान पार्कमा संविधान दिवसको अवसरमा वृक्षारोपण

सुर्खेत । डिभिजन वन कार्यालय सुर्खेतले वृक्षारोपण अभियानलाई निरन्तरता दिएको छ ।

चौहान पार्कलाई हरियाली बनाउने उद्देश्यले  कार्यालयले शुक्रबार संविधान दिवसकै अवसर पारेर वीरेन्द्रनगर–७, चौहान पार्कको वरिपरी सडक किनारामा वृक्षारोपण गरेको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेका थिए ।

मुख्यमन्त्री कँडेलसँगै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी, प्रदेश सरकारका प्रमुख सचिव चूडामणि पौडेल तथा जिल्ला स्थित सरकारी निकायका प्रमुखहरूको उपस्थिति रहेको थियोे।

वन कार्यालयले प्रदेश राजधानी हरियाली कार्यक्रम अन्तर्गत विभिन्न प्रजातिका हालसम्म दुई हजार विरुवाहरु रोपण गरेको डिभिजन वन अधिकृत बसन्तबाबु श्रेष्ठले जानकारी दिए ।

उनले वीरेन्द्रनगर नगरपालिका अन्र्गतका सडकका डिभाईडर, किनारा, धार्मिक तथा सार्वजनिक स्थलहरुमा सौन्दर्य तथा धार्मिक महत्वका विरुवाहरु रोपण गरिएको बताए ।

उनका अनुसार प्रदेश राजधानी हरियाली कार्यक्रम मार्फत वृक्षारोपण गरिएका विरुवाहरुको संरक्षण सनिश्चिततासहितको अभियानलाई निरन्तरता दिइने उनको भनाइ थियो ।

Translate »