आज २०८१ साल असोज ६ गते आइतबारको राशिफल

राशिफल :– तपाईको आजको दिन कस्तो रहनेछ ?

मेष :– अधुरा काम बन्नेछन् । कर्मस्थानमा चन्द्रमाले गोचरी गर्दैछन् । फलामको कारोबारमा फाइदा हुनेछ । स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ । परिवारको सल्लाह लिएर गरेको लगानीबाट दिन सहज बन्नेछ ।

वृष :– मुल त्रिकोणमा शुभग्रह बसेकाले शिक्षामा प्रगति हुनेछ । निजी विद्यालय र प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । बोली र व्यवहारमा एकरुपता नहुँदा विवाद बढ्नेछ । संकटमा परिवारको भने साथ र सहयोग प्राप्त हुनेछ ।

मिथुन :– बोल्नु अगाडि सोच्नुपर्ने दिन छ । तपाईको बोलीले आफन्त टाढा पुग्ने जोखिम छ । गुरुसँग लिएको ज्ञानको प्रभाव व्यवहारमा देखिनु आवश्यक छ । खानपानमा ख्याल नहुँदा पुरानो रोग बढ्नेछ । परिवारको साथले दिन सहज बन्नेछ ।

कर्कट :– दिन रमाइलो छ । सभा र समारोहमा तपाईले विचार राख्न पाउनुहुनेछ । साथी र संगठनको बलमा राम्रो काम गर्ने अवसर प्राप्त हुनेछ । परिवारमा रमाइलो भेटघाट हुनेछ । अर्काको कुरा काट्ने बानीले मन भने अशान्त बन्नेछ ।

सिंह :– तपाईसँग गुनासो गर्ने बढ्नेछन् । घर र कार्यालयमा काम गर्दा विवेक प्रयोग गर्नुपर्नेछ । तपाईंले राम्रो गर्दैछु भने पनि सहयोगीको मन दुख्नेछ । बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ । लगानीका क्षेत्रमा भने राम्रो उन्नति हुनेछ । परिवारसँगको सल्लाहमा अगाडि बढेमा उल्लेखनीय फाइदा हुनेछ ।

कन्या :– सञ्चित धन खर्च गरेर मात्र नाम र दाम कमाउन सकिने दिन छ । राजनीतिक संगठन बलियो भएकाले तपाईको काम बन्नेछ । आलोचना गर्ने संगठित भएकाले सचेत बन्नु राम्रो हुनेछ । हरेक ठाउँमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुला :– आम्दानीका स्रोत धेरै छन् । तपाईंको काम गर्ने शैली र व्यवहारविरुद्ध विरोधको आवाज सुन्नुपर्नेछ । तपाईको दैनिकीमा सुधारको सुरुवात हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक :– दैनिकी सहज छ । आफन्तबाट सहयोग मिल्ने योग छ । आफूले आफूलाई माया नगर्ने बानीले मन अशान्त बन्नेछ । परिवारमा कर्तव्य मात्र पूरा गर्नु राम्रो हुनेछ । बढी माया देखाउमा धोका हुनेछ । बिहान गणेशको चिन्तन गर्नाले दिन सहज बन्नेछ ।

धनु :– दिन रमाइलो छ । आम्दानी बढ्नेछ । शिक्षा र स्वास्थ्यको लगानीमा फाइदा हुनेछ । गुरुबाट तपाईको आलोचना हुनेछ । परिवारमा मेलमिलाप र संस्कारको सुरुवात हुने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मकर :– पेट सम्बन्धी दुखाइले सताउने छ । व्यायाम गर्दा सचेत बन्नुपर्नेछ । लगानीका स्रोतमध्ये व्यापारमा तपाईको प्रगति हुनेछ । इज्जत र प्रतिष्ठा जोगाउनका निम्ति धन खर्च गर्नुपर्नेछ । बिहानै हनुमानचालिसा पाठ गरेमा स्वास्थ्यमा सुधार हुनेछ ।

कुम्भ :– मध्य साढेसाती चल्दैछ । जन्मकुण्डलीमा अनुकुल ३, ६ र ११ औं स्थानमा शनिदेव रहेको भए ठुलो उन्नति हुनेछ । एकपटक जन्मकुण्डली देखाएर महत्तवपूर्ण काम गर्नु राम्रो हुनेछ । परिवारमा मेलमिलाप दिने दिन छ ।

मीन :– सुरुवाती साढेसाती भए पनि शुभग्रहको बहुमत छ । दैनिकी सहज बन्नेछ । आफूभन्दा ठुलाबाट आर्शिवाद लिएर अगाडि बढ्ने दिन छ । घमण्ड त्याग्नु राम्रो हुनेछ । गणेशको चिन्तन गरेमा भाग्यको उदय हुनेछ ।

Translate »