नेपाल घरेलु तथा साना उद्योग गाउँमहासंघ चौकुनेको अध्यक्षमा नेपाली


गुटु । नेपाल घरेलु तथा साना उद्योग गाउँमहासंघ चौकुनेको अध्यक्षमा रमन नेपाली निर्वाचित भएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग गाउँमहासंघ चौकुनेको आज गुटुमा सम्पन्न तेस्रो गाउँअधिवेशनबाट नेपाली अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । अधिवेशनले गाउँमहासंघको वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र बास्तोला, उपाध्यक्ष पदमबहादुर थापा, महासचिवमा सन्तोष जोशी, कोषाध्यक्षमा पार्वती सापकोटा तथा सदस्यहरुमा चन्द्रा रोकाय र देवीराम जैसीलाई निर्वाचित गरेको हो ।


अधिवेशनले जिल्ला प्रतिनिधिमा उमेश बुढा, विजय न्यौपाने, दुर्लभ भण्डारी र युवराज जोशीलाई चयन गरेको छ ।
अधिवेशनको उद्घाटन कार्यक्रममा महासंघका कर्णाली प्रदेश उपाध्यक्ष वीरबहादुर नेपाली, महासंघ सुर्खेतका अध्यक्ष सुमननाथ योगी, उपाध्यक्ष पविलाल पोखरेलले नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाईसँगै कार्यकाल सफलताको शुभकामना दिँदै लघु घरेलु तथा साना उद्योगको विकास स्थानीय तहबाटै हुनुपर्नेमा जोड दिएका थिए ।


