२०८३ असोज ९ , शुक्रबार
Sky News Nepal
September 25, 2026

नेपाल घरेलु तथा साना उद्योग नगर महासंघ भेरीगंगाको अध्यक्षमा ज्ञानु भुषाल



छिन्चु । नेपाल घरेलु तथा साना उद्योग नगर महासंघ भेरीगंगाको अध्यक्षमा ज्ञानु भुषाल निर्वाचित भएकी छिन् । शनिबार सम्पन्न नेपाल घरेलु तथा साना उद्योग नगरमहासंघ भेरीगंगाको तेस्रो नगरअधिवेशनले भुषाललाई नगर महासंघ अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा रमेश शर्मा, उपाध्यक्ष चन्द्रबहादुर घर्ती, महासचिव कमल विसी, कोषाध्यक्ष धनसिंह सार्की, तथा सदस्यहरुमा कमला सुनार, धना देवकोटा, दलबहादुर कामी र चम्पाकला ओलीलाई निर्वाचित गरेको छ ।

त्यस्तै अधिवेशनले जिल्ला प्रतिनिधिमा रेणु आचार्य, रगवीर मिजार, बलवीर नेपाली कर्णबहादुर थापा, हरि विष्ट, डिलसरा थापा र टेकबहादुर ओडलाई निर्वाचित गरेको छ ।

भेरीगंगा नगर महासंघका पूर्व अध्यक्ष रगवीर मिजारको अध्यक्षता तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेश उपाध्यक्ष वीरबहादुर नेपालीको प्रमुख आथित्यततामा भएको अधिवेशनमा विशेष अथिति भेरीगंगा नगरपालिका–८ नम्वरका वडाध्यक्ष पुसे कामी, विशेष अथिति पूर्व उपप्रमुख रेणु आचार्य, कार्यपालिका सदस्य सहवीर महर, नेपाल घरेलु तथा साना उद्योग महासंघ सुर्खेतका अध्यक्ष सुमननाथ योगी, उपाध्यक्ष पविलाल पोखरेल, महासचिव राधा श्रेष्ठ, जिल्ला कार्य समिति सदस्य ओमप्रसाद शर्मा र जिल्ला महिला उद्यमी समितिको महासचिव खिमा सोती मगरले नव निर्वाचित कार्य समितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

अधिवेशनलाई शुभकामना दिँदै नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेश उपाध्यक्ष वीरबहादुर नेपालीले उद्यमीका नाममा गैर उद्यमीहरुले विचौलिया बनेर सरकारी अनुदान लिने प्रवृत्तिले वास्तविक उद्यमी मारमा परेको बताए । उनले लघु घरेलु तथा साना उद्योगको विकासका लागि उद्यमीहरु नै एकजुट भएर विचौलियाहरुलाई विस्थापित गर्न आवश्यक रहेको औल्याए ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ सुर्खेतका अध्यक्ष सुमननाथ योगीले लघु घरेलु तथा साना उद्योगको विकासका लागि राज्यले स्पष्ट नीति निर्माण गरी प्याकेजमै कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको जनाए । उनले लघु घरेलु तथा साना उद्योगको विकास विना ठूला उद्योगहरुको विकास हुन नसक्ने स्पष्ट पारे ।

प्रकाशित मिति : २०८१ कात्तिक २४ गते शनिबार
Translate »