दैलेखमा ४२ हजार मेट्रिक टन बढी मकै उत्पादन

दैलेख । दैलेखमा उत्पादन हुने खाद्यान्नमध्ये सबैभन्दा बढी मकै उत्पादन हुने गरेको छ । कृषि विकास कार्यालय दैलेखले यो वर्ष सबैभन्दा बढी ४२ हजार २ सय १३ मेट्रिक टन मकै उत्पादन भएको छ । दैलेखमा २१ हजार १ सय २५ हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको कृषि विकास कार्यालय दैलेखले जनाएको छ ।

दैलेखमा मकैपछि बढी उत्पादन हुने बाली धान हो । दैलेखका ११ वटै पालिकाको तथ्याङ्क अनुसार ८ हजार २ सय ५७ हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट २६ हजार ७ सय ४२ मेट्रिक टन धान उत्पादन भएको कृषि विकास कार्यालय दैलेखका कृषि अर्थ विज्ञ झलक भण्डारीले जानकारी दिए।

कार्यालयका कृषि अर्थ विज्ञ भण्डारीका अनुसार गहुँ उत्पादन तेस्रो स्थानमा पर्दछ । गत वर्ष १३ हजार २ सय ८५ हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिँदै आइएको छ । गत वर्ष मात्रै दैलेखमा १५ हजार ४ सय ५ मेट्रिक टन गहुँ उत्पादन भएको छ ।

दैलेखमा २ हजार ५ सय ४५ हेक्टर क्षेत्रफल जमिनमा कोदो खेती गर्दा २ हजार ९ सय ४३ मेट्रिक टन उत्पादन भएको कृषि अर्थ विज्ञ झलक भण्डारीले जानकारी दिए । दैलेखमा अन्य वालिको तुलनामा कोदो खेती कम हुने गरेको भण्डारीको भनाई छ ।

दैलेखमा उत्पादन बढाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गरिँदै आइएको कृषि विकास कार्यालय दैलेखले जनाएको छ । उत्कृष्ट किसानलाई पुरस्कृत गर्ने, कृषकलाई प्रोत्साहन गर्ने, अनुदान दिने लगायत कार्यक्रम सञ्चालन गरिरहेको कृषि अर्थ विज्ञ झलक भण्डारीले जानकारी दिए ।

Translate »