२०८३ भदौ ८ , सोमबार
Sky News Nepal
August 24, 2026

गैरिटाँड-कमलबजार-बाँसकाडा खण्डको २३ किलोमिटर सडक कालोपत्रे हुँदै



अछाम । प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको चिसापानी जंगलघाट बडिमालिका सडक स्तरोन्नति आयोजनाको निमार्ण कार्य तीव्र गतिमा सञ्चालन भई रहेको छ । चिसापानी जंगलघाट बडिमालिका अन्तर्गतको गैरिटाँड कमलबजार बाँसकाडा खण्डको २३ किलोमिटर सडक कालोपत्रेको कामको पहिलो चरण अन्तर्गत यति वेला प्राइमर छर्ने काम भइरहेको छ ।

सडक कालोपत्रेका लागी सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र पिके निमार्ण सेवा प्रा लि बिच ६९ करोड ४३ लाख ५३ हजार ९ सय ६ रुपैयाँ ८७ पैसा लागतमा आगामी २०८२ पौष मसान्त सम्म सम्पन्न हुने गरी गत बर्ष २०८० असार १८ गते सम्झौता भएको थियो । ठेक्का अवधि भित्रै कालोपत्रेको काम सम्पन्न हुने गरि काम सञ्चालन भइरहेको पिके निर्माण सेवा प्रालिका प्रमुख प्रकाश विश्वकर्माले बताए।

सडक कालोपत्रेको काम अगाडी बढेपछि कमलबजारमा राजमार्ग नजिकै व्यवसाय गर्दै आउनु भएका स्थानीय कर्ण भण्डारीले हिउँदमा धुलो र बर्खामा हिलो बाट मुक्त हुने विश्वास व्यक्त गरे ।

अछाम लगायतका जिल्ला लाई तराई सँग जोड्ने सबै भन्दा छोटो मार्ग भएकाले यो सडक कालोपत्रे बनेमा विकासको ढोका खुल्ने बताउँदै सडक कालोपत्रेका काममा स्थानीय सरकारले समन्वय गरिरहेको कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालले बताए । चिसापानी जंगलघाट मङ्गलसेन सडक सञ्जाल जोड्नका लागी सुर्खेतको पञ्चपुरी र अछामको तुर्माखाद गाउँपालिकाको सिमाना जंगलघाट स्थित कर्णाली नदी माथी पक्की पुल निमार्ण कार्य भइरहेको छ । रेडियो नेपाल

प्रकाशित मिति : २०८१ चैत २८ गते बिहीबार
Translate »