नवनियुक्त शिक्षा मन्त्री पन्तद्वारा शपथ ग्रहण

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालको संविधानको धारा ८० बमोजिम नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पन्तले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम हिजो बुधबार पन्तलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त गरेका थिए ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, नेपाल सरकारका उपप्रधानमन्त्री, मन्त्रीहरू तथा उच्च पदस्थ कर्मचारीहरूको उपस्थित थियो ।

Translate »