२०८३ भदौ ७ , आइतबार
Sky News Nepal
August 24, 2026

कर्णालीमा आज सार्वजनिक बिदा



सुर्खेत । कर्णाली प्रदेश सरकारले (आज) साउन १ गते सार्वजनिक बिदा दिएको छ ।

प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो । प्रदेशका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ–संस्थाहरुमा बिदा दिइएको छ । २०८१ को चैत १७ गते कर्णाली सरकारको मन्त्रिपरिषद् बैठकबाट बिदा दिने निर्णय गरिएको हो ।

प्रदेशका हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालीकोटमा विशेषगरी धार्मिक तथा सांस्कृतिक महत्व दिएर मनाउने यो पर्वमा देउडा खेल्ने गरिन्छ ।

साउने सङ्क्रान्ति पर्वको अवसरमा ग्रामीण बासिन्दा आफ्नो घरको छतमा सल्लाको तेलयूक्त काठलाई राँको बनाएर बाल्ने र वर्षभरि गाउँघरमा सिर्जित विकृतिलाई धार्मिक विधिबाट लुतो फाल्ने प्रचलन रहेको छ ।

प्रकाशित मिति : २०८२ साउन १ गते बिहीबार
Translate »