२०८३ भदौ १० , बुधबार
Sky News Nepal
August 26, 2026

तीन लाखको अवैध सामान बरामद



सुर्खेत । सुर्खेतको बबई चेकपोष्ट प्रहरीले करिब ३ लाख रुपैयाँको अवैध सामान बरामद गरेको छ । प्रहरीले नियमित चेकजाँचका क्रममा विल भपाई नभएको २ लाख ८२ हजार २ सय रुपैयाँको अबैध सामान बरामद गरेको जानकारी दिएको हो ।

प्रहरीका अनुसार विहीबार भेरीगंगा नगरपालिका–५, बबई स्थित अस्थाई चेकपोष्ट प्रहरीले ठूलो स्कुल झोला २७ पिस, लेडिज साइट ब्याक ठूलो २० पिस, सानो लेडिज ब्याक ८६ पिस, स्टकोट रेडिमेड ७५ पिस, ढाँका टोपी ५० पिस, तन्ना ३५ पिस, धोती ५ पिस, कुर्ता सुरुवाल ६४ पिस, कुर्ती ५ पिस र चिनी ५० किलो बरामद गरेको छ ।

बरामद सामान आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान कार्यालय पठाउने तयारी गरिएको प्रहरीको भनाइ छ ।

 

प्रकाशित मिति : २०८२ साउन १ गते बिहीबार
Translate »