सुरक्षामा खटिएका प्रहरीले गरे सडक मर्मत

सल्यान । शान्ति सुरक्षामा खटिने प्रहरीले सल्यानमा झन्डै पाँच किलोमिटर सडक मर्मत गरेका छन् । कर्णाली प्रदेश जोड्ने खलङ्गा सुर्खेत सडकखण्ड अन्तर्गत बावियाचौर खण्डको ५ किलोमिटर सडक मर्मत गरेका हुन । खलङ्गा सुर्खेत सडकखण्ड अन्तर्गत बावियाचौर खण्डको ५ किलोमिटर सडक मर्मत गरेका हुन ।
दुर्घटनालाई मध्यनजर गर्दै वर्षातले खाल्डाखुल्डी र बिग्रिएको सडकमा नाला खन्न तथा खाडल पुर्ने काम गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर केसीले जानकारी दिए। प्रदेश राजधानी जाने मुख्य सडक नै जोखिमयुक्त भएपछि ४५ जना प्रहरी परिचालन गरेर सडक मर्मत गरिएको उनको भनाई छ ।

 


उनले भने ‘हामी शान्ति सुरक्षामा खटिए पनि नेपाली नागरिकको हैसियतले आफूले खाल्डाखुल्डी पुर्ने तथा नाला खन्ने काम गरेका हौ ।’

नेपालको एक सय पर्यटकीय गन्तव्य भित्र पर्ने कुपिण्डे तालसम्म पुग्न पनि यही सडक भएकाले आन्तरिक तथा बाह्र पर्यटकलाई आवतजावत गर्न समेत सहज होस भनेर सडक मर्मत गरिएको केसीले बताए ।

गम्भीरताका साथ लिएर काम गरेको उनको भनाई छ । नेपालको एक सय पर्यटकीय गन्तव्य भित्र पर्ने कुपिण्डे तालसम्म पुग्न पनि यही सडक भएकाले आन्तरिक तथा बाह्रय पर्यटकलाई आवतजावत गर्न समेत सहज होस भनेर सडक मर्मत गरिएको केसीले बताए ।

Translate »