सुर्खेतमा करेन्ट लागेर घाईते एक दम्पतीको मृत्यु

 

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा करेन्ट लागेर घाइते एक दम्पतीको मृत्यु भएको छ ।

घरमै घाँस काट्ने विद्युतीय मेसिन चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएका ५५ वर्षिय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको आज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार करेन्ट लागेर गम्भीर घाइते भएका आचार्य दम्पतीलाई उपचारका लागि वीरेन्द्रनगर स्थित प्रदेश अस्पताल कालागाउँ लगिएको थियो ।

घटनाको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक गगन सिंहको नेतृत्वमा ६ जनाको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान थालेको थियो ।

प्रारम्भिक अनुमानमा बिद्युतिय मेसिनको तार सर्ट भएर करेन्ट लागेको हुनसक्ने सुर्खेत प्रहरीका सूचना अधिकारी (डीएसपी) मोहनजंग बुढथापाले बताउनु भयो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Translate »