जाजरकोट प्रहरीद्वारा गाँजा फडानी

 सुर्खेत ।  प्रहरीले जाजरकोटको बारेकोट स्थित अँधेरी खोला छेउमा प्राकृतिकरुपले उम्रिएका गाँजाका बोटहरु फडानी गरेको छ ।

सक्ला प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले बारेकोट गाउँपालिका–८,अँधेरी खोला छेउमा आफै (प्राकृतिकरुपमा) उम्रिएका ५ रोपनी क्षेत्रमा फैलिएको गाँजाका बोटहरु फडानी गरेको हो ।

जाजरकोट प्रहरीले अवैधरुपमा रहेको गाँजा प्रयोग नहोस् भनेर शान्तिपूर्ण एवम् सुरक्षित समाजका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सो स्थानका गाँजाका बोटहरु नष्ट गरिएको जनाएको छ ।

जाजरकोटमा प्रहरीको सक्रियतामा वर्षेनी गाँजाका बोटहरु नष्ट हुने गर्दछ । गाउँघर, सडक आसपासमा गाँजा फैलिएको सूचना प्रहरीले पाएपछि समुदायसँगको सहकार्यमा प्रहरी टोलीले नष्ट गर्ने गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख (डीएसपी) बसन्तकुमार शर्माले बताए ।

जाजरकोटका सबै पालिकामा वर्षेनी गाँजाका बोटहरु आँफै (प्राकृतिकरुपमा) उम्रने गर्दछ ।

Translate »